लाङटाङ राष्ट्रिय निकुञ्जको साउनदेखी पुष मसान्तसम्म दुई करोड राजश्व संकलन



सरस्वती न्यौपाने, रसुवा ।
लाङटाङ राष्ट्रिय निकुञ्जले आर्थिक वर्षको साउनदेखी पुष मसान्तसम्म दुई करोड १५ लाख २४ हजार ६ सय १७ रुपैया ३५ पैसा राजश्व संकलन गरेको छ । वन प्राविधिक एवम रेञ्जर रमेश वस्नेतका अनुसार सार्क राष्ट्रबाट ९५जना र अन्य मुलुकका विदेशी नागरिक ५ हजार ७ सय ६२ जना घुम्न आएकाहरुबाट दुई करोड १० लाख ५२ हजार चार सय ३१.८० राजश्व उठेको हो । वन पैदावारबाट दुई लाख ३५ हजार ८ सय ३५ राजश्व उठेको हो । रेञ्जर बस्नेतले भन्नुभयो- ‘निकुञ्ज क्षेत्रमा हुने वन पैदावारको चाप लाई न्युनिकरण गर्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोक गरि ३ जिल्लाका ३४ गा.वि.स नयाँ संरचना अनुसार ९ वटा गाउँपालिका रसुवा ४, नुवाकोट ३, सिन्धुपाल्चोक २ वटा गा.पा.मा उपभोक्ता समुह गठन भएका छन् ।’ उहाँका अनुसार राजश्ववाहेक पनि यस निकुञ्जबाट मानव र वन्यजन्तुको सहअस्तित्व बारे जानकारी दिइ निकुञ्ज र स्थानिय बासिन्दा बीच सुमधुर सम्बन्ध रहदै आएको छ ।
यस निकुञ्ज क्षेत्रमा साल, कटुस, खोटे सल्ला, गोबे्र सल्ला धुपी, भोजपत्र, गुरास, ओखर खसु्र लगाएत १०० भन्दा बढि प्रजाति निकुञ्ज का वनस्पतिहरु हुन वन्यजन्तुहरुमा रेडपाण्डा, कस्तुरी ब्वासो, सालक चरी बाघ आसामी बाँदर, हिमाली कालो भालु पर्दछन् । यस निकुञ्जले स्थानिय बासिन्दाको परम्परागत रहनसहनलाई संरक्षण र जीवनयापनमा सहयोग गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्