नगरका १८२ जनालाई न्यानो कपडा बितरण



विमल विष्ट, डोटी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा डोटी चेम्बर अफ कमर्शका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले जिल्लामा चिसो बढेपछि यहाँका बृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाइ न्यानो लुगा वितरण गर्नुभएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नं ३ को वडा कार्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी उहाँले वडा नं १, २, ३ र ४ मा रहेका १८२ बृद्ध, एकल, अपाङ्ग तथा असहायलाइ न्यानो लुगा वितरण गर्नुभएको हो ।

नगरपालिकाका सबै वडामा रहेका बृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाइ न्यानो लुगा वितरण गर्ने योजना अनुसार आफुले उक्त अभियान सञ्चालन गरेको नेकपा प्रदेश कमिटि सदस्य तथा चेम्वर अफ कमर्शका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिसोबाट जोगाउन मैले न्यानो लुगा वितरण अभियान सञ्चालन गर्दै आएको छु, नगरपालिकाका सबै वडामा उक्त अभियान सुचारु गरिने छ ।” त्यसैगरी उहाँले नगरपालिका भित्रका सामुदायिक तर्फका सबै बिद्यालयका रु एक लाखको बिद्यार्थी अक्षय कोष समेत स्थापना गर्नु भएको छ । आर्थिक अवस्था कम्जोर भएर पढ्न समस्या भएका बिद्यार्थीकालागि सहुँलियत होस भन्ने उदेश्यले उहाँले आफुले उक्त कोषको स्थापना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पढ्न नसक्ने अवस्था भएका ३ जना बालबालिकाको अभिभागत्व लिएको पनि छु, आर्थिक अभावमा कसैकोपनि पढाइ नछुटोस भन्ने मेरो सोचाइ हो ।” उहाँले यस अघि दिपायलको सेती नदीमा भ्यु टावर तथा जिल्लाका बिभिन्न बिद्यालयमा ह्वाइट बोर्ड तथा बिद्यार्थीलाइ झोला समेत वितरण गर्दै आउनु भएको छ । आफनो व्यक्तिगत लगानीमा नगरपालिकामा रहेका बृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिक लाइ न्यानो लुगा वितरण गर्ने साउद पहिलो व्यक्ति हुन् ।

उक्त कार्यक्रममा चेम्वर अफ कमर्शका सदस्य तथा विष्ट कष्मेटिक तथा फेन्सिका व्यापारी रामबहादुर विष्टले न्यानो लुगा लिन आएका १८२ जनालाइ कोल्गेट तथा ब्रस वितरण गर्नु भएको थियो । चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि आफुहरुलाइ निकै खुसि र रहत मिलेको दिपायल सिलगढी नगरपालिका वडा नं ४ कुमालीकोटकी ६० वर्षीया गौरी कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा उड्ने लुगा थिएन, आज पाए न्यानो हुने भयो, खुसि भएकी छु ।”

साउदले कम्वल तथा बलाङ्केटहरु वितरण गर्नु भएको थियो । विगत ७ वर्ष यता देखि चिसो समयमा उहाँले यहाँका जेष्ठ नागरिकलाइ न्यानो लुगा वितरण गर्दै आउनु भएको छ । त्यसैगरी नगरपालिकाका अन्य वडाहरुमा रहेका बृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिक लाइ निकट भविष्यमै न्यानो लुगा वितरण गरिने समेत साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्