कानाजावामा नेपाललाई ६ स्वर्ण



काठमाडौं, (नेस)।

नेपालले १२औं कानाजावा कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण जित्न सफल भएको छ। शनिबार भएको पुरुष १३ वर्ष मुनिको एकल कातामा नेपालका बादल चन्दले स्वर्ण, नेपालकै सुरेन्द्र थापाले रजत जिते।

त्यस्तै पुरुष १६ वर्ष मुनिको एकल कातामा नेपालका सुरेन्द्र तामाङले भारतका देवेन्द्र नामदेवलाई हराएर स्वर्ण जिते। महिलातर्फ १३ वर्ष मुनिको एकल कातामा नेपालकी स्नकद्या जोशी पहिलो भइन्।

त्यस्तै १६ वर्ष मुनिको एकल कातामा नेपालकी खुस्बु जैसवालले स्वर्ण जितेकी हुन्। १६ वर्ष माथिको एकल कातामा नेपालकी स्मृति तामाङ पहिलो भइन्।

 

प्रतिक्रिया दिनुहोस्