नवनाजी पक्राउ



वासिङ्टन, (एजेन्सी)।

अमेरिकाको राष्ट्रिय सुरक्षा अभियानअन्तर्गत अमेरिकी नव–नाजी घृणा समूहका थप तीनजना सदस्यलाई जर्जियामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शनिबार नै सोही समूहमा अन्य तीनजना आशंकित सदस्यलाई मेरिल्यान्ड र डेलावरबाट नियन्त्रणमा लिइएको थियो। अमेरिकी संघीय अनुसन्धान ब्युरो( एफबीआई) का अनुसार तिनीहरू ‘दी बेस’ नामक अति गोरावादी तथा राष्ट्रवादी समूहका सदस्य हुन्।

पक्राउ परेका मध्ये एकजना महिनौंअघि क्यानाडाबाट भागेर अमेरिका पसेका क्यानाडाली सैनिक पट्रिक म्याथ्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्