कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा


काठमाडौं ।

पदको दुरुपयोग गरेको आरोपमा विवादमा तानिएका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।
गुरागाईंले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन्। उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ।

अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए।
आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध हुन थालेपछि उनीमाथि नैतिक दबाब बढेको थियो। विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।