ओलीको टिप्पणी- नक्कली झगवान जन्मिएर हैरान छ


काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्।

पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उनको टिप्पणी थियो ।

भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको उनले बताए ।

नेकपा एमालेका अध्यक्ष ओलीले अर्को प्रसंगमा बोल्दै अध्यक्ष ओलीले नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई बढी महत्व दिने गरेको टिप्पणी गरे ।