काठमाडौँ।
धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा तेल ट्यांकर र ईभी हाइस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
मंगलबार दिउँसो ४ बजेर १० मिनेटमा काठमाडौंँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०८३५ नम्बरको ईभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३०१३ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएकाहरूको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र मलेखुको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी)प्रकाश दाहालले बताए ।











प्रतिक्रिया