एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्ने ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गतको चाँदीको बल पुरस्कार जित्ने पहिलो खेलाडी शेर मल्ल बनेका छन्।

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि मल्लले चाँदीको बल पुरस्कार प्राप्त गरेका हुन्।

एनपीएलका आठ टोलीमध्ये एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन साझेदारी रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन्। एक्स्ट्रिमसँग साझेदारीमा रहेका दुई टोलीबीच खेल हुँदा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्ने व्यवस्था गरिएको छ।

उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यस पुरस्कारले प्रतियोगितामा खेलाडीहरूलाई राम्रो प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।