नयाँ भाइरस



बेइजिङ, (एजेन्सी)।

चीनमा देखिएको रहस्यमय भाइरसको संक्रमणमा पर्नेको संख्या आधिकारिक तथ्यांकभन्दा निकै बढी हुनुपर्ने वैज्ञानिकहरूले बीबीसीलाई जनाएका छन्।

अहिलेसम्म प्रयोगशाला परीक्षणले ४५ जनालाई यस नयाँ भाइरसले समाएको पुष्टि भइसकेको छ। तर संयुक्त अधिराज्यका वैज्ञानिकहरूले अहिलेसम्म १ हजार ७ सय जना यसबाट संक्रमित भइसकेको दाबी गर्छन्।

गत डिसेम्बरमा चीनको बुहान शहरमा देखापरेको यस भाइरसको कारण दुईजना मानिसको मृत्यु भइसकेको बुझिएको छ। रोग महामारी सम्बन्धी वैज्ञानिक प्राध्यापक निल फर्गुसनले समय बित्दै जाँदा आफ्नो चिन्ता झन्झनै बढ्दै गइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्