जन्मदर बढेन



बेइजिङ, (एजेन्सी)।

चीनको जन्मदर जनवादी गणतन्त्रको स्थापना भएयताकै सबैभन्दा न्यूनस्तरमा पुगेको सरकारी तथ्यांक विभागले शनिबार जनाएको छ। सरकारले एक बच्चा नीतिमा केही खुकुलोपन ल्याए पनि जन्मदरमा त्यसअनुसारको वृद्धि नदेखिँदा यो परिणाम निस्केको बताइएको छ।

जन्मदर घटेपछि त्यही स्तरमा मृत्युदर पनि घटेका जनसंख्यामा भने उलेख्य कमी आएको छैन। चीनको जनसंख्या सन् २०१९ मा १ अर्ब ४० करोड थियो। चीनले सन् १९७९ मा त्यतिबेला तीव्र दरमा वृद्धि भइरहेको जनसख्या नियन्त्रणका लागि ‘एक बच्चा नीति’ देशभरि लागू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्