नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो, सवारी आवागमन एकतर्फी



न्युज अफ नेपाल, चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित बनेको छ ।

इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो ।

पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्