ट्रम्पको ज्ञान



वासिङटन, (एजेन्सी)।

आफुलाई इतिहासकै प्रतिभावान अमेरिकी राष्ट्रपति भएको दावी गर्ने डोनाल्ड ट्रम्पलाई चीन र भारतको सीमा जोडिएको पनि ज्ञान नभएको हालै प्रकाशित एक पुस्तकमा दावी गरिएको छ।

पुलित्जर पुरस्कार विजेता अमेरिकाका दुई पत्रकारले आफ्नो किताबमा इतिहास र भुगोलमा ट्रम्पको अज्ञानताबाट भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पनि छक्क परेको उल्लेख गरेका छन्।

ट्रम्पले एक अवसरमा मोदीको अगाडी भारत र चीनबीच कुनै सीमा नभएको बताएका थिए। ‘अ भेरी स्टेवल जिनियस‘ नामक उक्त पुस्तकमा राष्ट्रपतिका रुपमा ट्रम्पको पहिलो ३ बर्षका यसता कयौं घटना उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्