महत्वपूर्ण सम्झौता



वासिंगटन, (एजेन्सी)।

चीन र अमेरिकाबीच व्यापार युद्धलाई सहज बनाउने उद्धेश्यले लामो समयदेखि प्रतीक्षित व्यापार सम्झौतामा बुधवार हस्ताक्षर भएको छ।

अमेरिकाको वासिङटन डिसीमा आयोजित विशेष समारोहमा सो सम्झौतामा हस्ताक्षर भएको अमेरिकी संचार माध्यमले जनाएको छ

। यस समारोहलाई सम्बोधन गने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौता वास्तविक महत्वपूर्ण सफलताको संज्ञा दिएका छन्।

सम्झौतामा चीनले अमेरिकी आयातमा २ सय अर्व अमेरिकी डलर वरावरको बृद्धि गर्ने र बौद्धिक सम्पत्ति सम्बन्धि नियमहरूलाई सुदृढ पार्ने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्