नासामा खेल महोत्सव



काठमाडौं, (नेस)।

नासा कलेजमा बिहीबारदेखि खेल महोत्सव सुरु भएको छ। महोत्सवमा फुटसल,बास्केटबल,टेबल टेनिस,ब्याडमिन्टन र क्रिकेट खेल समावेश छन्। यसै क्रममा नासा इन्ट्रा कलेज फुटसल अन्र्तगतको फाइनल खेलमा १२ कक्षाको डी सिक्सले उपाधि जितेको छ।

टोलीले एम थ्रीलाई ३–१ गेलले पराजित गरेको हो । विजेता टोलीका लागि आयुष ढकाल, वीरेन्द्र र अभिषेक बलले गोल गरेका थिए।

उपविजेता टिमको तर्फबाट एक मात्र गोल अनमोल निरौलाले गरेका थिए। प्रतियोगिताअन्तर्गत टेबल टेनिस र ब्याडमिन्टन शुक्रवार हुने छ भने बास्केटबलको फाइनल खेल माघ ७ गते हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्