भाइरस प्रवेश



टोक्यो, (एजेन्सी)।

जापान सरकारले विहविार चीनबाट फर्केक एकजना जापानी पुरुषमा नयाँ कोराना भाइरसको कारण निमोनिया भएको पाइएकाले उपचार भइरहेको जानकार िदिएको छ।

यो नयाँ खालको भाइरस चिनियाँ शहर वुहानमा महामारीको रुपमा फैलिरहेको बताइएको छ। ३ जनवरीमा वुहानबाटै फर्केक नाम

नखुलाइएका ति व्यक्तिमा शुरुमा ज्वरो र खोकीको लक्षण देखिएको तथा थप परिक्षण र एक्सरे पछि उनलाई निमोनिया भएको भेटिएको जापानको स्वास्थ, श्रम तथा समाज कल्याण मन्त्रालयले जनाएको छ।

तर कानागावा प्रान्तका करिव तीस वर्षिय ति व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्