मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु



न्युज अफ नेपाल, मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–७ डंग्राहामा मोटरसाइकलको ठक्करबाट बुधबार राति एक वृद्धको मृत्यु भएको छ । १३ प ४६९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय छेतधर्नु खाँ थारुको मृत्यु भएको हाे ।

भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले ठक्कर दिँदा बुधबार दिउँसो भएको दुर्घटनामा परेर गम्भीर घाइते वृद्धको उपचारका क्रममा राति टंकीसिनवारीस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

पैदल हिँडिरहेका बेला वृद्धलाई मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकल र चालक बूढीगंगा–७ का २३ वर्षीय अक्ष्यकुमार चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्