हिमालय र वेस्टर्न वियजी



नेपाल समाचारपत्र, काठमाण्डौं।

मुलपानी क्रिकेट मैदानमा जारी नेक्सस कपको तेस्रो संस्करण क्रिकेट प्रतियोगिताअन्तर्गत् बुधबार हिमालय क्रिकेट एकेडेमी काठमाडौं र वेस्टर्न क्रिकेट एकेडेमी बुटवल विजयी भएका छन्।

पहिलो खेल बालुवाटार क्रिकेट क्लबविरुद्ध वेस्र्टन १४ रनले विजयी भयो भने दोस्रो खेलमा हिमालयले तिलोत्तमा क्रिकेट क्लब बुटवललाई ४ विकेटले पराजित गरेको छ।

टस हारेर ब्यटिङको निम्तो पाएको वेस्टर्नले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो। टोलीका लागि रन्जीत खड्काले ६७ बलमा १ छक्का ९ चौकाको मद्दतले ६२ रन बनाए। बलिङतर्फ बालुवाटारका नबिन तामाङले २ विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रेको बालुवाटार २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रनमा समेटिएकोे थियो।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले १४.४ ओभरमा सबै विकेटको क्षतिमा ८७ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रेको हिमालयले १७ ओभरमा ६ विकेट गुमाउँदै ८८ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्