समाचारको खन्डन



लन्डन, (एजेन्सी)।

ड्युक अफ ससेक्स र ड्युक अफ क्याम्ब्रिजले उनीहरुबीचको सम्बन्धमा फाटो आएको द टाइम्सको आरोपलाई खारेज गरेका छन्। राजकुमार ह्यारी र विलियमका तर्फबाट जारी बयानमा उक्त समाचारमा ‘भडकाउ पुर्ण भाषॉ प्रयोग र अपमानजनक भएको बताएको छ।

राजुकुमार विलियमले पटक पटक हस्तक्षेपकारी ब्यवहार गर्ने र आफुलाई बाहिर पार्न चाहेको ह्यारीलाई लागेको कुरा एक अज्ञात सुत्रलाई उदृत गर्दै द टाइम्सले जनाएको थियो।

राजकुमार ह्यारी र पत्नी मेगन मार्कलले राजपरिवारको वरिष्ठ सदस्यको भुमिकाबाट आफुलाई अलग गर्ने र आर्थिक रुपमा स्वतन्त्र बन्ने घोषण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्