भिडियो खिच्ने पक्राउ



तेहरान, (एजेन्सी)।

इरानको राजधानी तेहरानको आकासमा क्षेप्यास्त्र हानेर खसालिएको युक्रेनी यात्रु वाहक विमानको भिडियो खिच्ने व्यक्तिलाई बुधवार इरानी सुरक्षाकर्मिले पक्राउ गरेको छ।

पक्राउ परेका ति नाम नखुलाईका व्यक्तिलाई राष्ट्रिय सुरक्षासम्बन्धी आँच पुग्ने अपराध गरेको आरोप लाग्ने आशंका गरिएको छ। गत बुधवार कलसाइन पीएस ७५२ बोकेको विमान तेहरानबाट उडेलगतै खसालिएको थियो।

क्षेप्यास्त्र आक्रमणमा परेर खसेको विमानमा सवार सम्पूर्ण १ सय ७६ जना व्यत्तिको मृत्यु भएको थियो। इरानले ढिलोगरी भुलबस विमान खसालेको स्विकार्दै उक्त घटनामा संलग्न थुप्रै व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्