रसुवाीमा यसवर्ष जुधे १३ हल गोरु (फोटो फिचर)



सरस्वती न्यौपाने, रसुवा ।
रसुवा र नुवाकोटको सिमाना वेत्रावती यस वर्षको माघे संक्रातिको अवसरमा १३ हल गोरु जुधाईएको छ । विगत १० वर्षदेखि व्यवस्थित रुपमा यस स्थलमा गोरु जुधाईंदै आएको छ । जिल्लाको विभिन्न भेगबाट गोरु जुधाउन २६ कृषकले बेत्रावति ल्याएका थिए ।

गोसाईकुण्ड युवा क्लवले आयोजना गरेको उक्त गोरु जुधाइमा हजारौ हजार मानिस जम्मा भएका थिए ।  प्रतियोगिता प्रथम द्धितिय, तृतिय हुने गोरु धनीलाई पाँच हजार चार सय र तिन हजार नगद पुरस्कारको व्यवस्था गरिसकेको थियो भने सहभागी गोरुलाई भिटामिनकोसमेत व्यवस्था गरिएको थियो ।
स्थानिय समाजसेवी गणेश श्रेष्ठ अनुसार कार्यक्रम हेर्न नुवाकोट, रसुवा काठमाण्डौ धादिङ लगाएत थुप्रै ठाउँहरुबाट हेर्न आउने गर्दछन ।

तस्वीरः सरस्वती न्यौपाने, रसुवा ।

प्रतिक्रिया दिनुहोस्