ट्याक्टर दुर्घटनाः १६ जना घाइते



विष्णु तिमिल्सिना, बर्दिया ।

कोठियाघाट पुलमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायब उपरिक्षक बिश्वराज खड्काले जानकारी गराउनु भयो ।

गम्भीर घाइते हुनेमा गेरुवा गाँउपालिका ५ का निर्मल चौधरी र गेरुवा ५ कै झरना कुमारी थारु रहेका छन् । गम्भीर घाइते २ जनालाई प्रहरीको टोलीले उद्धारगरी एम्बुलेन्स मार्फत नेपालगञ्ज पठाएको छ । घाइते मध्ये ३ जनाको खुट्टा भाच्चिएको छ । अन्य सामान्य घाइतेहरुलाई जिल्ला अस्पताल गुलरिया पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक मिठु थारु लाई प्रहरीले नियन्त्रणमा लिएका छ ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारा वाट गेरुवा आउदै गरेको भे १ त ७२०० नम्वरको ट्याक्टर कोठियाघाटको गेरुवा नदी पुलको मोडमा कुईरो लागेको कारण नियन्त्रण बाहिर गई दुर्घटनामा परेको प्रहरी नायब उपरिक्षक खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्