मकरसंक्रान्ति (माघी) को उपलक्ष्यमा राजापुरमा ३ दिन बिदा



विष्णु तिमिल्सिना, बर्दिया ।

हिन्दुहरुको पवित्र चाडको रुपमा मानिएको मकरसंक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउने सन्दर्भमा बर्दिया जिल्लाको राजापुर नगरपालिकामा ३ दिनको कार्यालय बिदा हुने भएको छ ।

प्रदेश नं. ५ ले माघ १ र २ गते कार्यालय बिदा दिने घोषणा भएको अवस्थामा राजापुर नगरपालिकाले माघ ३ गते पनि बिदा दिने निर्णय गरेको छ । ४ गते शनिवार परेकाले त्यस पालिका भित्रका कार्यालयहरु माघ ५ गते मात्रै खुल्ने भएका छन् । कर्मचारीहरुलाई लामो समयको विदा परेकाले बिदा सदुपयोग गर्न सहज भएको छ भने कार्यालयका कामहरुबाट सेवाग्राही बञ्चित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्