पर्बतमा पनि जुधाइयो गोरु



न्युज अफ नेपाल, पर्वत ।

पर्बतको फलेबास नगरपालिका ८ ठानामौलामा गोरु जुधाएर माघे संक्रान्ति मनाइएको छ। ठानामौलामा रहेको नेपाने युबा क्लबद्धारा माघे संक्रान्तिको अवसरमा गोरु जुधाएर स्थानीय जात्रा मनाइएको हो ।

‘ठानामौलाको गौरव, नेपालको पौरख’ भन्ने नाराका साथ ९ वटा गोरु जुधाइयो । १८८७ सालमा सुरु भएको गोरु जुधाई जात्रालाई प्रतियोगिताको रुप दिई २०७२ देखि स्थानीय युवाले संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा केन्द्रित रही व्यवस्थित बनाएका हुन् ।

देशका बिभिन्न ठाउँहरुमा माघे संक्रान्तिको अवसरम मनोरञ्जन दिन गोरु जुधाइदै आएको र त्यहि मनोरञ्जनको लागि पनि पर्बतको ठानामौलामा ४ बर्षअघि देखि यो जात्रा शुरु गरिएको कार्यक्रम संयोजक शुसिल पौडेलले बताउनुभयो । यो जात्रालाई स्थानीयवासीले निरन्तरता दिँदै आए पनि राज्य पक्षबाट सहयोग नभएको क्लबका अध्यक्ष रामबहादुर कँबरले बताउनुुभयो ।

सो गोरु जुधाई जात्राको प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्न गोरु धनिहरुलाई पुरस्कार समेत बितरण गरिएको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो । प्रतियोगिताा फलेबास नगरपालिका वडा नम्बर ८ का रामबहादुर कँबरको गोरु प्रथम भएको थियो भने फलेबास नगरपालिका वडा नम्बर ९ भंगराका सुबिन नेपालीको गोरु जुधाईमा द्धितिय स्थान प्राप्त गर्न सफल भएको थियो । तितृय स्थान प्राप्त गर्न सफल महाशिला गाउँपालिका ५ का कुलप्रसाद पौडेलको गोरु रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्