संग्रहालयमा रहेको शाही परिवार सेटबाट ह्यारी दम्पतीको मूर्ति हटाइयो



ऐजेन्सी । लन्डनको मेडम तुसाड्स संग्रहालयमा रहेको शाही परिवार सेटबाट राजकुमार ह्यारी र उनकी पत्नि मेघानको मूर्ति हटाइएको छ ।

ह्यारी दम्पतीले राजगद्दी त्याग्ने घोषना गरेसँगै संग्रहालयमा रहेको उनीहरुको मूर्ति हटाइएको हो । ह्यारी दम्पतीको निर्णयले आफूहरु पनि आश्चर्यमा परेको संग्रहालयका महाप्रबन्धक स्टीव डेभिसले जनाएका छन् ।

‘राजकुमार–राजकुमारीले शाही परिवारबाट हट्ने बताएसँगै हामी पनि आश्चर्यमा छौं,’ डेभिसले भने, ‘अबदेखि शाही सेटमा मेघन र ह्यारीको मूर्ति समावेश गरिने छैन ।’

यस्तै, डेभिसका अनुसार ह्यारी दम्पती शाही परिवार भित्रको प्रगतिशील नयाँ भूमिका दर्शाउने व्यक्ति भएकाले उनीहरुको मुर्ति अन्यत्र राखिने छ ।

उक्त मूर्ति बनाउन एक लाख ९५ हजार अमेरिकी डलर खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्