धुलिखेल अस्पतालमै मनाईयो माघी



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल अस्पतालले माघी पर्वको अवसर पारी विशेष कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीहरु, स्कुल अफ डिन कार्यालयमा आवद्ध ब्यक्तिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपकुलपति माकजुले ब्यक्तिले संकल्प लिएर अगाडी बढ्दा सफलता प्राप्त हुने बताउनु भयो ।

सकारात्मक कामका लागि सबैको संकल्प आवश्यक रहेको बताउँदै उपकुलपति माकजुले सांस्कृतिक पर्वहरुले भावनात्मक सम्वन्ध स्थापित गर्न सहज हुने बताउनु भयो । कार्यक्रममा विश्वविद्यालयका डिन प्रा. डा.राजेन्द्र कोँजुले सहकार्य र समुहगत एकताले मात्रै सफलता प्राप्त हुने भएकाले धुलिखेल अस्पतालले त्यसको अभ्यास गरेको बताउनु भयो ।

कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय प्रमुख डा. रमेश माकजु श्रेष्ठ, डा. सुमनराज ताम्राकार, नर्सिङ्ग डाईरेक्टर कुन्तादेवी पुन, अस्पतालका प्रशासक प्रधुम्न श्रेष्ठ लगायतले अस्पतालले सांस्कृतिक पर्वहरुको ऐतिहासिकतालाई कायम राख्न माघी पर्वको महत्व रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्