बर्दियामा टयाक्टर पल्टिँदा १ जनाको मृत्यु, १५ जना घाइते



न्युज अफ नेपाल, बर्दिया ।

बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । टयकाक्टरमा सवार अन्य १५ जना भने घाइते भएका छन । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् ।

बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा उनको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्