मकवानपुरे खेलाडी पुरस्कृत



नेपाल समाचारपत्र, हेटौंडा।
हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले १३औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई नगदसहित पुरस्कृत गरेको छ।

उपमहानगरपालिकाले स्वर्ण विजेता कराँतेका महसुस मोक्तान, फुटबलका सुनिल बल तथा तेक्वान्दोका सञ्जीवकुमार ओझा र निशा दर्नाललाई १/१ लाख प्रदान गरियो।

त्यस्तै रजत विजेता उसुकी शिलु डंगोल, बास्केटबलका माया स्याङ्तान र तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटालाई ७५/७५ हजार नगद दिइयो।

यसैगरी काँस्य विजेता बास्केटबलका निकेश मगर, कराँतेकी रीता कार्की, उसुका हरिप्रसाद गोले, खोखोका राजन बल तथा बक्सिङका पुरन राई र विकास लामाले ५०/५० हजार नगद प्राप्त गरे।
उपमहानगरपालिकाले उसु प्रशिक्षकलाई २५ हजार र अन्य प्रशिक्षकलाई ७ हजारका दरले पुरस्कृत गरेको हो। जिल्ला समन्वय समिति मकवानपुरले स्वर्ण विजेतालाई जनही २५ हजार, रजत विजेतालाई जनही २० हजार र काँस्य विजेतालाई समान १५ हजारसहित पुरस्कृत गरेको थियो।
प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कृत गरिएको छ। सागमा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ३ काँस्य नेपाललाई दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्