मृत यात्रु



होनोलुल, (एजेन्सी)।

अस्ट्रेलियाका लागि उडेको एयर क्यानाडाको एउटा विमानलाई गत सप्ताहान्त एक मृत यात्रुका कारण होनोलुलतर्फ डाइभर्ट गरिएको बुझिएको छ।

होनोलुल चिकित्सा परीक्षण कार्यालयका प्रशासकीय सेवा अधिकारी कीरा पाइभा किमुराले शनिबार होनोलुलमा अवतरण गरिएको सो विमानमा ३८ वर्षीय यात्रु क्रिस्टोफर वुडगेट मृत अवस्थामा भेटिएको बताएका छन्।

उनको शवको अटोप्सी गरिने बताइएको छ। शुरुमा क्यानाडाको भ्यानकोभरबाट सो विमान अस्ट्रेलियाको व्रिवेनतर्फ उडेको र ती यात्रुका कारण त्यसलाई आपत्कालीन चिकित्सा उपचारका लागि होनोलुलुमा डाइभर्ट गरिनुपरेको एयर क्यानाडाका प्रवक्ता पिटर फित्जप्याट्रिकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्