कछुवा बढ्यो



लसएन्जलस, (एजेन्सी)।

८० किलो तौलका १ सय वर्ष पुरा गरेको एक कछुवाले विलुप्त अवस्थामा पुगेको आफ्नो प्रजातिलाई बचाउन अहम उपलब्धी हासिल गरेको छ। डियागो नामक उक्त कछुवाले ८ सय कछुवाको जन्ममा ठूलो भूमिका खेल्यो।

डियागो चेलोनोएडिस हुडेनसिस नामक प्रजातिको हो । करिब ५० वर्ष अगाडि मात्र दुई भाले र १२ पोथी कछुवा मात्र बचेका थिए। सन् १९६५ मा डियागोलाई १४ अन्य कछुवासँग क्याप्टिव ब्रिडिंग प्रोगामअन्तर्गत सान्ता क्रुज आइल्यान्ड चिडियाखानामा ल्याइएको थियो।

अहिलेसम्म यिनीहरुको संख्या २ हजार पुगेको र त्यसमा ८ सय कछुवाको जन्ममा डियागोको भूमिका रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्