त्रिपक्षीय सहमतिपछि अस्पताल सुचारु



न्यूज अफ नेपाल, काडमाडौं ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भड्किएको तनाव टुंगो लागेको छ । बिहीबार एक महिलाको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि मृतकका आफन्त र अस्पतालबीच सृजना भएको तनावको स्थिति अस्पताल प्रशासन, प्रहरी प्रशासन र पिडित पक्षका बीच सम्झौत भएपछि टुंगो लागेको हो ।

अस्पताल र पिडित पक्षका बीच नवजात शिशुको निःशुल्क उपचार गर्ने र उपचारमा लापरबाही देखिएमा दोषीलाई कारबाही गर्ने सहमति भएको छ । घटनाको नेपाल मेडिकल काउन्सिलले छानबिन गरि टुंगोमा पुग्ने पनि सहमति भएको छ ।

त्रिपक्षीय सहमतिपछि अस्पताल सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ । यस अघि मृतकका आफन्तबाट धम्की आएको भन्दै अस्पतालका कर्मचारीले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका थिए ।

भोजपुर षडानन्द नगरपालिका–८ की २४ वर्षीया सुनिता राईको बिहीबार राति नेपाल मेडिकल कलेजमा डेलिभरीका क्रममा मृत्यु भएको थियो । अस्पतलको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा प्रदर्शन गरेका थिए ।

सुत्केरी गराउने क्रममा भ्याकुम लगाउँदा आमाको पाठेघरसमेत चुँडिएर मृत्यु भएको आफन्तको दाबी छ । नवजात शिशुको भने अवस्था सामान्य रहेको मृतकका आफन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्