शान्तिको प्रयास्



दोहा, (एजेन्सी)।

अमेरिका र इरानमा जारी तनावबीच कतारका अमीर शेख तमिम बिन हमाद अल थानी सम्भावित युद्धको स्थिति रोक्न तेहरान जाने भएकाछन। कतार अमेरिकाको निकट मानिन्छ र कतारमा पनि अमेरिकाको ठूलो सैन्य अखडा रहेको छ।

कतारसँग इरानको पनि बलियो सम्बन्ध छ। इरान र तेहरानको साझा ग्यास क्षेत्र छन्। शेख तमिम राष्ट्रपति हसन रुहानीलगायत इरानी नेताहरूसँग भेटवार्ता गर्नेछन।

|हाल उनी ओमानका सुल्तानलाई श्रद्धान्जली दिन मस्कट प्रस्थान गरेका छन्। कतारका विदेशमन्त्री महमुद बिन अब्दुर्रहमान अल थानीले दुई देशबीच शान्तिपूर्ण हल खोज्न पहल गरिरेहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्