हत्या असफल



बोगोटा, (एजेन्सी)।

कोलम्बियाली प्रहरीले हाल भंग भइसकेको फार्क लडाकु समूहका पूर्वनेता रोड्रिगो लोन्डोनो एचेभर्री उर्फ टिमोचेन्कोलाई हत्या प्रयासबाट जोगाएको सोमबार दाबी गरेको छ।

प्रहरीले कोलम्बियाको पश्चिम भागको एक सडकमा उनको हत्या प्रयासमा खटिएका दुई व्यक्ति मारिएको पनि पुष्टि गरेको छ। विद्रेही लडाकुले टिमोचेन्कोको हत्याका लागि आदेश दिएको बताइएको छ।

सरकारसँगको लगातार चार वर्ष लामो वार्तापछि सन् २०१६ मा वामपन्थी फार्क समूहले ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो। त्यसपछि टिमोचेन्कोकै नेतृत्वमा फार्कै नामको पार्टी खोलिएको हो।

प्रतिक्रिया दिनुहोस्