आमाकुण्ड तरेर गोसाइकुण्डको फेरो मार्ने किम्बदन्ती



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको चर्चित धार्मिक पर्यटकीय नगरी त्रिशुलधारा मुनिको गोसाइकुण्डसँग दक्षिणतिर जोडिएको कले आमाकुण्ड तरेर गोसाइकुण्डको फेरो मार्ने किम्बदन्ति रहेको छ ।
कले आमालाई नेपालीमा अनुवाद गरि नामाकरण गर्दा सृष्टिमा ताकुण्ड भनिन्छ । स्थानीय बासिहरु ठुलो श्रद्धागर्ने गर्दछन । उनै कले आमाको इच्छाअनुसार मानवजातिको सन्तानको जन्महुने गर्दछ भन्ने विश्वास रहेको छ ।
सन्तान नभएकाहरु सन्तान माग्नकले आमाका पुग्ने गर्दछन् । धेरै ले कले आमासित सन्तान मागेपछि छोरा छोरी हुने जनविश्वास रहेको छ । यस कुण्डमा कुनैपनि बालक ठुलो हुन्जेलसम्म पनि स्पष्टसँग बोलि सुनेन भने जनै पुर्णिमाको दिनकले आमाकुण्डमा लगेर डुबुल्की लगाएपछि बोलि फुट्ने गरेको विश्वास रहेको छ । यस कुण्डमा फेरि लगाएर मात्र गोसाइकुण्डमा नुहाए शरिर शुद्ध हुने विश्वास छ ।
यो कुण्डबारे प्रायः थोरैलाईमात्र थाहा छ ।

प्रतिक्रिया दिनुहोस्