जनताका अधिकार रोक्ने कुनैपनी विधेयक पास गर्न दिदैनौँः कांग्रेस सहमहामन्त्री महत



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा. प्रकाशशरण महतले जनताका अधिकारको रक्षाका लागि आफुहरु सधै लड्न तयार रहेको बताएका छन। काठमाडौंमा विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले आयोजना गरेको प्रस्तावित सूचना प्रविधि र विशेष सेवा संगठन विधेयक नागरिक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले सरकारले संसदमा लैजान लागेको सुचना प्रविधि विधेयकलाई कांग्रेसले पास हुन नदिने जिकिर गरे।

उनले प्रस्तावित विधेकहरु मानव अधिकारलाई कुन्ठित पार्ने र सरकारका गलत कामको बिरोध गर्न नपाइने किसिमका भएको भन्दै त्यस्ता विधेकलाई सदनमा पेस नगर्न सरकारलाई सहमहामन्त्री डाक्टर महतले आग्रह गरे। नागरिकको फोन ट्यापिङ गरेर दुख दिने मनसायले विधेयक आएको र ती विधेयकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने सहमहामन्त्री महतले खुलासा गरे।

नगरिकनलाई दुःख दिन, सामाजिक संजाल कर्तालाई जरिवाना र जेल सजाय गर्नलाई नेकपालाई जनताले मत नदिएको सहमहामन्त्री महतले तर्क गरे। उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप पनि लगाए। नेकपाको सरकार बने  देखी अरबौंका भ्रष्टाचारका कान्ड सार्वजनिक भएको भन्दै ती कान्डलाई लुकाउने उद्देश्यले सरकारले जनता प्रती कडा रुपमा प्रस्तुत हुनलाई अहिले सुचना प्रविधि विधेयक सदनमा ल्याउन लागिएको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस्