फलोअर्सलाई दान



टोक्यो, (एजेन्सी)।

जापानका एक चर्चित उद्योगपति युसाकु मिजावाले आफ्नो अकुत सम्पतीको एक हिस्सा ट्विटरमा उनलाई फलो गर्नेहरूमध्येलाई ९ हजार डलर दान गर्ने घोषणा गरेका छन्।

मिजावले ट्विटरमा आफ्ना ६४ हजार फलोअर्समा करिब १ हजारलाई चयन गर्नेछ र प्रत्येकलाई ९ हजार डलर दान दिने छ। गत जनवरी १ मा गरेको ट्विटमा सन् २०१९ मा आफ्ना फलोअर्स रहेका मध्ये केहीले उक्त रकम पाउने उल्लेख गरेको छ।

यो पैसाले उनीहरू कति खुसी हुन्छन् जान्न उत्सुक रहेको मिजावाले बताए। विश्वका धनाध्यहरू मध्य धेरैले आफ्नो सम्पतिको केही हिस्सा दान दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्