प्रहरीको ‘अप्रेसन ट्रयाप’ करिब ४ सय मोटरसाइकल नियन्त्रणमा



सरोज यादव, विराटनगर ।

जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा हराएका तथा चोरी भएका मोटरसाईकल र मोबाईल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । फेला पारिएका २ वटा मोटरसाईकल र ४ वटा मोबाईल बुधबार जिल्ला प्रहरी कार्यालयमा धनीहरुलाई हस्तान्तरण गरिएको हो ।

पुस १७ गते हराएको को २३ प १८० नम्बरको विराटनगर–१० का सन्दीप अग्रवालको ग्ल्यामर मोटरसाईकल र पुस ११ गते हराएको ना ३६ प १११५ नम्बरको ग्रामथान–१ का जितेन्द्रकुमार माझीको यामाहाको एफ जेट मोटरसाइकल –१४ स्थित जतुवा नहर डिलमा फेला पारिएको उहाँले बताउनुभयो । प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्ति भने मोटरसाइकल छोडेर भागेका थिए ।

त्यसैगरी सम्बन्धीत धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । अग्रवालको मोटरसाइकल विराटनगर–४ स्थित नोबेल नहरमा र माझीको विराटनगर रंगेली –२ का रामकुमार राईको सामसुङ जे ७, विराटनगर–१० का केशवकुमार रायमाझीको सामसुङ जे ८, विराटनगर–६ का सुभद्रकुमारी चौधरीकोको एसआई र विराटनगर–१ का निर्मल कार्कीको लाभा मोबाईले फेला पारी हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

माटरसाइकल तथा मोबाईल धनीहरुले प्रहरीको सक्रियताले आफ्नो समान फिर्ता पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यस अघि पुस २० गते इलाका प्रहरी कार्यालय बेलबारीले फेला पारेका १३ थान मोबाईल र ८ मोटरसाइकल मोरङ प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको थियो । चालु आर्थिक वर्षमा मोटरसाइकल हराएको ४१ वटा उजुरी मध्ये २२ वटा फेला पारी धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले यसका लागि जिल्लाभरी एकैपटक ‘अप्रेसन ट्रयाप’ सञ्चालन गर्दै आएको पनि एसपी अधिकारीले बताउनुभयो । पछिल्लो समय सञ्चालन गरिएको अप्रेसनबाट अनुसन्धानका लागि ३ सय ७८ मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आफ्नो सामाग्रीको सुरक्षाका लागि ध्यान दिन र सवारी साधन चलाउँदा आवश्यक सम्पुर्ण कागजात बोक्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्