वास योजना सहजीकरणमा प्रदेश नं. ५को अभिरुची



विष्णु तिमिल्सिना, बर्दिया ।

जिल्लालाई पुर्ण सरसफाई युक्त जिल्ला घोषणा गराउने सन्दर्भमा स्थानीय आठ वटै पालिकाहरुमा खानेपानी तथा सर–सफाई र स्वच्छता सम्बन्धि कार्ययोजना बनाउनका लागि प्रदेश नं. ५ ले सहजीकरणको भुमिकामा अग्रसरता देखाएको छ।
सुआहारा कार्यक्रमका जिल्ला संयोजक रजनी चौधरी को अध्यक्षतामा भएको वास कार्यक्रम सँग सम्बन्धित संग संस्थाहरुको बैठकले विभिन्न संस्थाहरुलाई पालिकाहरुमा कार्य योजना बनाउन सहजीकरण गर्ने जिम्मेवारी बाँडफाँट गरेको छ ।

सहजीकरणको जिम्मे–वारी पाउनेमा बारबर्दिया नगरपालिकामा सामुदायिक विकास संस्था, बाँसगढी नगरपालिकामा एकिकृत विकास समाज(क्ष्म्क्), राजापु र मधवन नगरपालिकामा गेरुवा ग्रामीण जागरण सँघ, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा जनजागरण महिला संघ, बढैयाताल गाउँपालिकामा व्याक वाड सोसाईटी एजुकेशन (बेस) र गुलरिया नगरपालिकामा प्रदेशका वास सहजकर्ता एकराज जोशीले सहजीकरण गर्नु हुने छ ।

उक्त बैठकमा प्रदेश नं. ५ का खानेपानी सरसफाई महाशाखा प्रमुख धु्रव धितालले सहजीकरण गर्नुहुँदै प्रदेश सरकारले स्थानीय तहको वास कार्य योजना बनाउनको लागि सहजीकरणको भुमिका खेल्ने बताउनु भयो । साथै उहाँले आगामी ३ महिना भित्र वास कार्ययोजना बनाई प्रदेश सरकारमा प्रतिवेदन पेश गर्न सबै संस्थाहरुलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्