सिलाई व्यवसायी संघको साधारण सभा सम्पन्न



विष्णु तिमिल्सिना, बर्दिया ।

नेपाल कपडा तथा सिलाई व्यवसायी सँघ बर्दियाको प्रथम साधारण सभा तथा अधिवेशन गुलरियामा सम्पन्न भएको छ।

बर्दिया जिल्लाका आठ वटै स्थानीय तहमा कपडा सिलाई व्यवसायी संचालन गरेकाहरुको संग गठन पछि गुलरियाको जिल्ला समन्वय समितिको सभाहलमा खचा खच भिडका साथ सभा सम्पन्न भएको हो ।

उक्त सभाको उद्घाटन नेपाल कपडा तथा सिलाई व्यवसायी महासँघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो ।

संघका जिल्ला सभापति दल बहादुर परियारको सभापतित्वमा भएको उक्त साधारण सभाको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, गैसस महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना, कपडा व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष ईश्वर नेपाली, केन्द्रिय सदस्य रुप लाल परियार, प्रदेश संयोजक सुरेन्द्र परियार, बर्दिया जिल्ला सदस्य रामकुमार परियारले मनतव्य व्यक्त गर्नु भएको थियो ।
स्वागत मनतव्य चन्द्र नेपालीले राख्नु भएको थियो भने संघको प्रगति प्रतिवेदन जिल्ला महासचिव भद्र नेपालीले प्रस्तुत गर्दै जिल्लामा ४ सय भन्दा बढी सदस्यहरु रहेको र आठ वटै पालिकामा संघको समिति गठन भई सकेको जानकारी गराउनु भयो ।

यस अघि सिलाई व्यवसायीहरुको जुलुसले बजार परिक्रमा गरि सभाहलमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्