महासंघद्वारा पत्रकार हुमागाँईलाई बीमा रकम



न्युज अफ नेपाल, काठमाडौं ।

सवारी दुर्घटनामा परेका पत्रकारलाई दुर्घटना बीमा रुकम उपलब्ध गराइएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सभासद् एवम् प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक प्रह्लाद शर्मा हुमागाँईलाई दुर्घटना बीमा रुकम उपलब्ध गराइएको हो ।
बिहीबार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले एक अनौपचारीक कार्यक्रम गरी हुमागाँईकी श्रीमती तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई पचहत्तर हजार तीनसय तेतिस रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

पत्रकार हुमागाँई मंसिर ९ गते पनौती ४ बाट बनेपातर्फ आउदै गर्दा सवारी दुर्घटनामा परी टाउको गम्भीर चोट लागि सिर मेमोरियल काभ्रे र नर्भिक अस्पतालमा १४ दिन उपचार पश्चात हाल काभ्रेस्थित घरमा आराम गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्