सुरक्षित समाज र दिगो शान्ति निमार्णमा जुट्न आग्रह



काठमाडौं, (नेस)।

सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न,अपराधको प्रकृति र त्यसको नियन्त्रणकालागि स्थानीय नागरिकले दिएको सुझाव अनुसार काठमाडौ उपत्यकामा सुरक्षा योजना लागु गर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो।

महानगरीय प्रहरी वृत्त कीर्तिपुर,सामुदायिक प्रहरी सेवा केन्द्र,कीर्तिपुर र ट्याङलाफाँटको सहकार्यमा बुधबार कीर्तिपुर नगरपालिकामा आयोजना गरेको सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणकालागि स्थानीय सरोकारवालासँग छलफल एंव अन्तरक्रिया” कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिनुहुदै उहांले सो कुरा बताउनु भएको हो।

कार्यक्रममा बोल्दै डिआइजी पोखरेलले समुदाय प्रहरी साझेदारी कार्यक्रमले विकास र सुरक्षामा चासो राख्ने आम नागरिकलाई एकै थलोमा उभ्याउन सफल भएको भन्दै सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाले भावी रणनीति तय गर्न सहज हुने भएकाले आफुले सोही अनुसार स्थानीयको सल्लाह सुझावलाई समेट्दै,अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत शान्तिसुरक्षा संग सम्बन्धित योजनाहरू लागु गर्ने बताउनु भयो।

सुरक्षा निकाय र नागरिकले हातेमालो गर्दै अगाडी बढेमा नेपाल सरकारले हाल सुरक्षामा गरिरहेको लगानी घटन जाने र त्यो लगानी विकास निर्माण कार्यमा लागाउन सकिने उहाँले विश्वास व्यक्त गर्नु भयो।

आफ्ना आफन्तबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउदै सुरक्षित समाज निर्माणकालागि सवैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताउदै प्रहरी समुदाय साझेदारी कार्यक्रम मार्फत नागरिकहरूसंग अझ नजिकहुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह गर्नु भयो।

कार्यक्रमामा कीर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जनले सुरक्षित समाज निर्माणका लागि नागरिक स्वयम सचेत भएमा मात्र सम्भव हुने बताउदै नगरपालिकाको तर्फबाट सुरक्षाको लागि बजेट छुट्याएको जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्