इरानमा विमान दुर्घटना १ सय ७६ को मृत्यु



तेहरान,(एजेन्सी)।

इरानको राजधानी तेहरानमा भएको वोइँग ७३७ – ८०० विमान दुर्घटनामा त्यसमा सवार यात्रु र चालक दलका सदस्य गरी कूल १ सय ७६ जनाको निधन भएको सरकारी समाचार निकायले बुधवार जनाएको छ।

यसमा १ सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्य रहको बताइएको छ। तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ तर्फ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो।

फार्स सरकारी समाचार निकायले राजधानी तेहरान स्थित इमाम खोमेइनी विमानस्थलबाट उडेको केहि क्षण पछि नै सो युत्रेन इन्टरनेसनल एयरलायन्सको विमान दुर्घटना भएके पुष्टि गरेको छ। प्रारमिभक अनुसनधानपछि
प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको अनुमान गरिएको इरानको संचार माध्यमले जानकारी दिएको छ। उडान रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको कल साइन पीएस ७ सय ५२ बोकेको इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार बुधवार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको बताइएकोे छ।
तर इरान–अमेरिकाबिच हाल चलिरहेको तनाव र विमान दुर्घटनाबिच सम्बन्ध रहे–नरहेको स्पष्ट भएको छैन। उद्धार टोली घटनास्थल पुगेका छन्। इरानको रेड क्रेसेन्टका प्रमुखले कसैलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना शायद असम्भव रहेको बताएका छन्।

दुर्घटनाको खवर पाएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओमानमा भइरहेको भ्रमण छोट्याएर किभ फर्केका छन्। उनले एक विज्ञप्ति जारी गरी मृतक र तिनका परिवार प्रति समवेदना प्रकट गरेका छन्।

युक्रेनको विदेश मन्त्रालयले यस दुर्घटनामा मारिनेमा इरानी, क्यानाडाली, युक्रेनी , स्विडेनी, अफगानी , वेलायती र जर्मन नागरिक रहेको स्पष्ट पारेको छ। विदेशमन्त्री भादिम प्रिस्टाइकोले विमानमा ८२ जना इरानी , ६३ जना क्यानाडाली, ११ जना युक्रेनी, १० जना स्विडेनी, ४ जना अफगानी , ३ जना जर्मन र ३ जना वेलयाती सवार रहेको बताएका छन्।

प्रत्यक्षदर्शीहरुले अनुसार विमान चालकले जमिनमा कुनै मानविय क्षति हुन नदिन भएभरको बल लगाएर विमानलाइृ खेत तर्फ लगेको जस्तो देखिएको बताएका छन्।
सिंगल आइजल तथा ट्विन इन्जिन बोइंग ७३७ – ८०० विमान छोटो तथा मध्यम दुरीको उडानमा प्रायशः प्रयोग हुने गरेको छ। यस्ता हजारौं विमान विश्वभरिका एयरलायन्सले प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्