लिभरपुल र चेल्सी चौथो चरणमा



लन्डन, (एजेन्सी) ।

इंग्लिश प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीले एफए कपको चौथो चरणमा स्थान पक्का गरेका छन्। प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई १–० ले तथा चेल्सीले नटिङघम फरेस्टलाई २–० गोलअन्तरले हराउँदै अर्को चरणमा पुगेका हुन्।
एनफिल्डमा भएको मर्सिसाइड डर्बीमा घरेलु टोली लिभरपुलको जितमा कर्टिस जोन्सले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ७१औं मिनेटमा डेभिड ओरिगीको पासमा गोल गर्न सफल भएका थिए।

त्यस्तै अर्काे खेलमा लन्डन क्लब चेल्सीको जितमा कलुम हड्सन ओडोइ र रोस बार्कलीले गोल गरेका थिए।दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। आइतबार भएको अन्य खेलमा क्युपीआरले स्वान्सी सिटीलाई ५–१ ले सहजै हराउँदा चार्लटनविरुद्ध वेस्ट ब्रोमले १–० को जित दर्ता गरे।

प्रतिक्रिया दिनुहोस्