इरानले तोक्यो अमेरिकी राष्ट्रपती ट्रम्पको टाउकोको मूल्य



एजेन्सी।

इरानका कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकी हमलामा हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् ।

आइतबार मात्रै राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरुका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।

यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो ।जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ ।

ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्