स्टोक्सको विश्व कीर्तिमान



लन्डन, (एजेन्सी)।

अलराउन्डर बेन स्टोक्सले टेस्ट क्रिकेटमा इंग्ल्यान्डकोतर्फबाट विश्व कीर्तिमान रचेका छन्।दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा स्टोक्सले आईतबार ५ क्याच लिएर विश्व कीर्तिमान राखेका हुन्।

उनले जेम्स एन्डरसनको बलिङमा एनरिक नोत्र्जको क्याच लिएपछि टेस्ट क्रिकेटमा नयाँ इतिहास बन्यो। उनले पाँचै क्याच स्लिपमा लिएका थिए।इंग्ल्यान्डको पछिल्ला १ हजार १९ टेस्ट खेलमा २३ पटक इंग्लिस खेलाडीले एक इनिङमा ४ क्याचसम्म लिएका थिए।

तर स्टोक्सले ५ क्याच लिएर अस्टे«लियन क्रिकेटर स्टिभ स्मिथले राखेको विश्व कीर्तिमानीसँग बराबरी समेत गरे। २०१७–१८ को सिजनमा स्मिथले न्युजिल्यान्डविरुद्ध ५ क्याच लिएर विश्व कीर्तिमान रचेका थिए।

प्रतिक्रिया दिनुहोस्