स्वर्ण विजेता ओझा सम्मानित



हेटौंडा, (नेस)।

काठमाडौंमा हालै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल हेटौंडाका सञ्जीवकुमार ओझालाई नगद ४० हजार रुपियाँसहित सम्मान गरिएको छ।शुक्रबार सामाजिक संस्कार सेवा समिति कर्राले गरेको कार्यक्रममा ओझा नगद ४० हजार रुपियाँसहित सम्मानित भएका हुन्।

उनलाई समितिका तर्फबाट ५ हजार, हेटौंडा उपमहानगरपालिका वडा–४ को तर्फबाट १० हजार र हेटौंडा–४ को कर्राबासीका तर्फबाट २५ हजार नगद प्रदान गरिएको समिति सदस्य निरजसिं ठकुरीले जानकारी दिए।

सागमा हेटौंडाका ओझाले तेक्वान्दोतर्फ पुम्से विधामा स्वर्ण जितेका हुन्। सञ्जीवले तेक्वान्दोमा आयषा शाक्यसँग २९ वर्षमाथि युगल पुम्सेमा स्वर्ण जितेका हुन्। कार्यक्रममा प्रशिक्षक माधब कोइरालालाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्