सागमा स्वर्ण विजेता ओझा सम्मानित



न्युज अफ नेपाल, हेटौंडा ।

काठमाडौंमा हालै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल हेटौंडाका सञ्जीवकुमार ओझालाई नगद ४० हजार रुपियाँसहित सम्मान गरिएको छ ।

शुक्रबार सामाजिक संस्कार सेवा समिति कर्राले गरेको कार्यक्रममा ओझा नगद ४० हजार रुपियाँसहित सम्मानित भएका हुन् । उनलाई समितिका तर्फबाट ५ हजार, हेटौंडा उपमहानगरपालिका वडा–४ को तर्फबाट १० हजार र हेटौंडा–४ को कर्राबासीका तर्फबाट २५ हजार नगद प्रदान गरिएको समिति सदस्य निरजसिं ठकुरीले जानकारी दिए ।

सागमा हेटौंडाका ओझाले तेक्वान्दोतर्फ पुम्से विधामा स्वर्ण जितेका हुन् । सञ्जीवले तेक्वान्दोमा आयषा शाक्यसँग २९ वर्षमाथि युगल पुम्सेमा स्वर्ण जितेका हुन् । कार्यक्रममा प्रशिक्षक माधब कोइरालालाई समेत सम्मान गरिएको थियो । समिति अध्यक्ष अम्बरबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा नारायणी यातायात व्यबसायी संघ सचिव शालिकराम ढकाल, मुद्रण व्यबसायी संघ अध्यक्ष अजीव भट्टराई, कर्रा नेटवर्क अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामा, हेटौंडा–४ वडा सदस्य राजेन्द्र बस्ताकोटी, हेटौंडा उपमहानगर अधिकृत रामकृष्ण थापा, तेक्वान्दो संघ मकवानपुर सचिव विक्रम लामिछाने र सामाजिक संस्कार सेवा समिति सचिव विमल श्रेष्ठ (टोनी) लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्