न्युज अफ नेपाल, बर्दिया ।
ठाकुरबाबा नगरपालिका २ स्थित सडकमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु.२ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको हो ।
र्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका ११ बस्ने २८ वर्षीय कर्ण बहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया