काठमाडौं । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित मकवानपुर हेटौंडा घर भएका ४२ वर्षीय सुकराम राईको राईगाँउ टिकट काउन्टरमा जुवातास खेलिरहेको अवस्थामा पाच जनालाई प्रहरीले पक्राउ गरेको छ । कलंकी बस्ने सुनसरी भासी नगरपालिका १ घर भएका ३१ वर्षीय दिनेश भुजेल लगायत ५ जनालाई नगद ३० हजार ५ सय ५० रुपैयाँ र २ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, महोत्तरी, बर्दिबास नगरपालिका १ डेरा गरी बस्ने भारत बिजनौर थाना नुरढर ग्राम पंचायत २ बस्ने ३२ वर्षीय रिंकु सिंह भन्ने अमृत सिंह भाटीयासहित ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख १० हजार ५ सय ७५ रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











प्रतिक्रिया