आईपीएल अप्रिलमा

0
Shares

नयाँ दिल्ली, (एजेन्सी) ।

बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० संस्करणको पहिलो खेल आगामी १ अप्रिल देखि सुरु हुने भएको छ।

१ अप्रिल देखि म्याच खेल्ने तय भएपनि प्रतियोगिताको उद्घाटन भने २९ मार्चमा मुम्बईको वानखडे स्टेडियममा हुने जनाएको छ।

वर्तमान च्याम्पियन मुम्बई इन्डियन्स टिमको घरेलु मैदानमा खेल्दै उपाधि रक्षाको अभियान शुरुवात गर्नेछ।

त्यतिबेला अस्ट्रेलिया र न्यूजिल्याण्डका बीचमा टी २० सिरिज चल्ने भएको हुँदा केहि चर्चित खेलाडीहरू भने देखिने छैनन। उक्त समय इंग्ल्याण्ड र श्रीलंकाबीचमा पनि टेस्ट सिरिज हुनेछ।