ज्ञान निकेतन कप माघमा


काठमाडौं, (नेस)।

ज्ञान निकेतन स्कुलको आयोजनामा १९ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप माघ १२ गतेदेखि हुने भएको छ।प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जनाएका छन्।

संयोजक कुँवरका अनुसार प्लस टु ब्वाइज, सिनियर ब्वाइज र जुनियर ब्वाइजमा खेल हुने छ। प्लस टु ब्वाइज र सिनियर ब्वाइजमा समान १६–१६ तथा जुनियर ब्वाइजमा ८ गरी जम्मा ४० टिमको सहभागिता रहने छ।

प्लस टु र सिनियर ब्वाइज टिमलाई ४ समूह तथा जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

प्लस टु ब्वाइजमा टाइम्स इन्टरनेसनल कलेज डिफेन्डिङ च्याम्पियन हो। गत संस्करणको सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा आयोजक ज्ञान निकेतन पहिलो भएको थियो। माघ २० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।